Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमलाई बिदाइ गरेको छ ।

श्रीलंकामा हुने एसीसी वुमन्स एसिया कप खेल्न जाने महिला टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन्।

क्यानका सचिव खड्काले एसिया कप आफ्नो क्षमता देखाउनको लागि राम्रो प्ल्याटफर्म भएको बताए ।

ब्याट र बलको चुनौतीलाई अवसरको रुपमा लिएर आफ्नो देशलाई कसरी जिताउने भन्ने सोच राखेर खेल्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली एसिया कप खेल्न आइतबार श्रीलंका जानेछ

। महिला एसिया कप १९ जुलाइबाट सुरु हुनेछ । नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077