Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 369
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

    संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्न लागेको हो ।



    बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।



    एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार