Online Nepal
  • आइतबार, २३ असार २०८१
  • एमाले अध्यक्ष ओली भन्छन् – शिक्षकले सिकाउन नजान्दा एसईईमा धेरै विद्यार्थी फेल भए

    एमाले अध्यक्ष ओली भन्छन् – शिक्षकले सिकाउन नजान्दा एसईईमा धेरै विद्यार्थी फेल भए

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 138
    SHARES

    बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरुले सिकाउन नजान्दा एसईईमा धेरै विद्यार्थी फेल भएको बताएका छन् ।

    अनेरास्ववियु रुपन्देहीले आयोजना गरेको एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताए । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको ओलीले बताए ।



    एसइईमा नन ग्रेड नतिजा आएका विद्यार्थीहरुले दिने पूरक परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीले बताए ।

    २०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परिक्षा तोकेको छ ।

    सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार