Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • दीर्घकालीन असर पर्ने काम नगर्न प्रधामन्त्री प्रचण्डलाई एमालेको आग्रह

    दीर्घकालीन असर पर्ने काम नगर्न प्रधामन्त्री प्रचण्डलाई एमालेको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 534
    SHARES

    काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

    महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई सो आग्रह गरेका हुन्।



    संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।



    महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ।’

    सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो ।

    त्यसपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले बुधबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

    एमालेका ८ जना मन्त्रीहरूको राजीनामा बिहीबार स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री दाहालले नै हेर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकिसकेका छन् ।

    एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि दलहरूलाई आग्रह गरेको छ।

    यस्तो छ एमालेको विज्ञप्ति : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार