Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।

संसदीय दल नेतासमेत रहेका सभापति देउवाले असार २२ गते बस्ने गरी बैठक बोलाएका हुन् ।

कांग्रेसले गत असार १७ गते नेकपा एमालेसँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो।

उक्त सहमतिलाई बुधबारको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ।

एमालेसँग भएका सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे संसदीय दलमा छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077