Online Nepal
  • आइतबार, २३ असार २०८१
  • कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

    कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 108
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।

    संसदीय दल नेतासमेत रहेका सभापति देउवाले असार २२ गते बस्ने गरी बैठक बोलाएका हुन् ।



    कांग्रेसले गत असार १७ गते नेकपा एमालेसँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो।



    उक्त सहमतिलाई बुधबारको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ।

    एमालेसँग भएका सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे संसदीय दलमा छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार