Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समर्थन फिर्ता लिँदै प्रधानमन्त्रीलाई ओलीको पत्र – राजनैतिक स्थायित्व दिने उद्देश्य छ

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पत्र लेखेर समर्थन फिर्ता लिएका हुन् ।

उनले पत्रमा राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।

'सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागु हुने गरी फिर्ता गरिएको छ,' ओलीले पत्रमा भनेका छन् ।

आजै एमालेका आठजना मन्त्रीहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077