Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौं । सत्ताको सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको सरकार अल्पमतमा परेको छ ।

बुधबार प्रधानमन्त्रीलाई भेटेर एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। साथै, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि एमालेले औपचारिकरूपमा जानकारी गराएको छ ।

सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् ।

त्यसपछि दुवै दलले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको सामना गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077