Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामूहिक राजीनामा दिन बालुवाटार हिँडे एमालेका मन्त्रीहरु

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरू समूहिक राजीनामा बुझाउन बालुवाटार हिडेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट उनीहरु प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन हिडेका हुन् ।

कांग्रेस एमाले गठबन्धन बन्ने सहमति भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

मन्त्रीबाट राजीनामा बुझाएपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ । एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारको नेतृत्व गरिरहेका छन् ।

त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077