काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।
अहिले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् ।
दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन्।