Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार परिर्वतन समय र परिस्थितिको माग हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिर्वतन समय र परिस्थितिको माग भएको बताएका छन् ।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

मिलेर स्थिरता दिन रअर्थतन्त्रको चुनौतीलाई सामना गर्न एमालेसँग सहकार्य गरिएको उनले बताए ।

अब नागरिकको भावना बमोजिम त्यसलाई सम्बोधन गर्ने प्रयत्न गरिएको बताए।

अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुने महामन्त्री शर्माले बताए।

एमालेले आज साँझसम्म सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077