Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पदबाट राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो।

अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रवक्ता महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए ।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077