काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।
कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको बताइएको छ ।
यस्तै बैठकले सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।