Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४६ अंकले नेप्से बढ्दा ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज डबल सर्किट लागेर बन्द भएको छ।

एमाले र कांग्रेसबीच नयाँ गठनबन्धन गर्ने सहमति भएसँगै नेप्सेमा एकाएक डबल सर्किट लागेको हो ।

मंगलबार कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो।

त्यसपछि ११:२१ बजे खुलेको कारोबारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुमा पुगेको थियो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

दोस्रो सर्किट ब्रेकपछि खुलेको बजारमा नेप्से परिसूचक ४७.०४ प्रतिशतले बढेर २१००.४३ विन्दुमा पुगेको छ भने ४ अर्बमाथिको कारोबार भएको छ।

यसदिन ३१५ स्क्रिप्सको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँमा खरिदबिक्री भए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077