Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेससँग भएको सहमतिबारे ब्रिफिङ गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ ।

दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077