Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ संघका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ ।

निर्देशक समितिले भातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेरगराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांगता संघ र नेपाल थारू संघको हकमा लागु हुने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077