Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा नेकपा एमालेसँग गएराति भएको सत्ता साझेदारी र समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।

कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ ।

दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077