Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले भन्यो - बीआरआई ऋणका रुपमा स्वीकार्न सकिन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ ।

आज बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले बीआरआईलाई अनुदानको रुपमा स्वीकार गर्न सकिने,तर ऋणकारुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको हो ।

सहुलियतपूर्ण ऋणसमेत देशले उपयोग गर्न नसकेको अवस्था रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

प्रवक्ता महतले बैठकले बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए ।

चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077