Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले गिरिजाप्रसाद कोइरालाका ऐतिहासिक फोटो प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गर्ने भएको छ।

कांग्रेसले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको हो ।

पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन्। उनको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको छ।

सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले मंगलबार बिहान ११ बजेदेखि कार्यक्रम सुरू हुने बताए।

फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरिएको छ।

पार्टी कार्यालयको भुइँतलाको हलमामा एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077