Online Nepal
  • बुधबार, २ असोज २०८१
  • पतञ्जलीको जग्गा किनबेच रोक्न मालपोत कार्यालय काभ्रेलाई सीआईबीको पत्र

    पतञ्जलीको जग्गा किनबेच रोक्न मालपोत कार्यालय काभ्रेलाई सीआईबीको पत्र

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 345
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाएको छ ।

    सीआईबीले काभ्रेमा रहेको पतञ्जली योगपीठको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको हो।



    सीआईबीले हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको आरोपमा पतञ्जलीमाथि अनुसन्धान गरिरहेको छ ।



    उक्त अनुसन्धानको सहजिकरणको लागि सीआईबीले जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको हो ।

    सीआईबीले आयुर्वेद फर्म चलाउन भनेर हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितता गरेको खुलेको थियो ।

    सरकारले काभ्रेको बनेपामा पतञ्जली योगपीठलाई आयुर्वेद फर्म चलाउन ८ सय १५ रोपनी जग्गा खरिदमा हदबन्दी छुट दिएको थियो ।

    तर, पछि पतञ्जलीले त्यहीमध्येको तीन सय ५३ रोपनी जग्गा विक्री गरेको थियो ।

    पतञ्जलीले उद्योगरशैक्षिक संस्था सञ्चालनलगायत प्रयोजनका लागि हदबन्दी छुटमा लिएको जग्गा कानुनविपरीत किनबेच गरेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार