काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।
विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् ।
उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।
उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
Leave a Reply