Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ

    सशस्त्रका असई थमन विकको हत्यामा संलग्न पूर्वप्रदेश सांसद यादव पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 1.1K
    SHARES

    महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

    फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका-५ पोखरीभण्डाबाट पक्राउ गरेको हो ।



    पूर्वप्रदेश सांसद यादवलाई असई विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए ।



    उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

    महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

    एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।

    मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार