Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्छौँ : महासचिव भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।

पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

उनले पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने जिकिर गरे ।

महासचिव भुसालले पार्टीको महाधिवेशन आफ्नो लागि मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै महापर्वको भएको बताए ।

कम्युनिस्ट आन्दोलनको विभाजन, निराशा, र सन्नाटा र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको अस्थिरतालाई चिर्नका लागि यो महाधिवेशनबाट एउटा धेरै प्रभावकारी, बलशाली र दूरगामी पहलकदमी आरम्भ गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077