गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
गएराति मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको हो ।
बिहान प्रहरीले उनीहरूको शव निकालेको छ ।
पहिरोमा परेर बेपत्ता पाँच जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।
Leave a Reply