Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत गर्ने तयारी

    राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 330
    SHARES

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दैछ । दिउँसो १ः१५ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।



    त्यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।



    अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार