Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन लगानी सहजीकरणसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने भएको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले उक्त विधेयकमा सन्दर्भमा कानुन व्यवसायीका साथै उद्योगीहरूसँग परामर्श गरेको हो।

परामर्शका आधारमा विधेयकमाथि कांग्रेसका सांसदहरूले आवश्यक संशोधन दर्ता गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

उनले स्वदेशीका व्यवसायीका साथै बाह्य लगानीकर्तालाई सहजरूपमा लगानी गर्नका लागि आफू अर्थमन्त्री हुँदा नै लगानी सहजीकरणसम्बन्धी विधेयक अघि बढाइएको बताए।

अहिले सदनमा प्रस्तुत भएको विधेयकलाई लगानीको वातावरण बनाउनका साथै दुरुपयोग हुन नदिने गरी अघि बढाउनका लागि सांसदहरू परामर्श गरिएको प्रवक्ता महतको भनाइ छ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो भने उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077