Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौंमै अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।

प्रतिकूल मौसमका कारण जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको हो ।

जहाजमा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा। रामकुमार फुयाँलसमेत रहेका थिए ।

बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।

बिहान ७:५५ बजेको फ्लाइट भएपनि मौसमका कारण जहाज ढिला गरी १२ बजे उडेको थियो ।

पानी परेर मौसम बिग्रिएका कारण जहाज भैरहवा विमानस्थलमा ल्याण्ड गर्न नसकी पुन १ बजेर ३ मिनेटमा काठमाडौं फर्किएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077