Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले लगानी सहजीकरण विधेयकबारे विज्ञहरुसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञसँग छलफल गर्ने भएको छ ।

कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा आज लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने लागेको हो ।

उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने छन् ।

छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077