लमजुङ । लमजुङको क्ब्होंलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ रहेका छन् ।
स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको बताइएको छ ।
पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली गएको छ ।