Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिट खारेज

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिट खारेज

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 606
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

    न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।



    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।



    सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले निरन्तरता पाउने भएका छन् ।

    कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार