Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बजेटसहितका विषयमा छलफल गर्न कांग्रेसले दिउँसो २ बजे दलको कार्यसमिति र ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद् भवन बानेश्वरस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।

कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077