Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

मातहतका निकायलाई अर्थमन्त्रीले भने - करदातालाई अनुचित दबाब नदिऔँ, कर तिर्न प्रेरित गरौँ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई भनेका छन् ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाउने उद्देश्यले कर र राजस्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।

‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौं,’ उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो। ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ।’

असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानुनले मिलेसम्म सम्बोधन गर्न पनि उनले सुझाव दिए । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077