Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै श्री एयरलाइन्स, गृहमन्त्री रविले उद्घाटन गर्ने

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ ।

भरतपुर विमानस्थलका अनुसार प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको हो । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ ।

परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् ।

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । हालसम्म भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077