काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएका छन् ।
सभापति देउवाले संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाएका हुन् ।
संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता देउवाको कार्यकक्षमा बस्नेछ ।
संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।