सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीमा पहिरो खस्दा ट्रक पुरिएको छ ।
जिल्लाको को गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।
प्रहरीका अनुसार ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् ।
लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।