Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस सांसद केसीको आरोप – गृहमन्त्री लामिछानेले प्रहरीको चेन अफ कमान्ड ब्रेक गरे

    कांग्रेस सांसद केसीको आरोप – गृहमन्त्री लामिछानेले प्रहरीको चेन अफ कमान्ड ब्रेक गरे

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद केसीले यस्तो आरोप लगाएका हुन् ।



    सांसद केसीले गृहमन्त्री लामिछानेले प्रहरीमा जथाभाबी सरुवा आतंक फैल्याएको बताए । सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए ।



    सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरूको जथाभाबी सरुवा किन गर्नुपर्‍यो भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे ।

    गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

    गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको सांसद केसीबो दाबी छ ।

    आफूले आशाका साथ गृहमन्त्रीको सय दिनको कामलाई धैर्यतापूर्वक हेरे पनि गृहमन्त्रीले आशाविपरीत सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने कामहरू गरेको सांसद केसीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार