Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धावनमार्गमा स्याल कुदेपछि जनकपुरबाट काठमाडौं उड्नै लागेको जहाज अकस्मात रोकियो

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको जहाज अकस्मात रोकिएको छ ।

सोमबार बिहान करिब १० बजे जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसकेपछि रोकिएको हो ।

त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो ।

त्यसपछि सुरक्षित रुपमा पुनः जहाज काठमाडौंका लागि उडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077