Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासतमा राखिएका नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताउका छन् ।

स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि बोल्दै जेलेन्स्कीले यस्तो बताएका हुन् ।

युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही तर प्रमुख शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्न अस्वीकार गरेका थिए ।

युद्धबन्दीको आदानप्रदानद्वारा सबैलाई रिहा गरिनुपर्ने, निर्वासित र गैरकानुनी रूपमा विस्थापित युक्रेनी बालबालिका, र हिरासतमा राखिएका सबै युक्रेनी नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्ने जेलेन्स्कीले बताए ।

आणविक सुविधाहरू सुरक्षित गरिनुपर्ने र जापोरिज्झयालगायतका आणविक संयन्त्रहरू युक्रेनको नियन्त्रणमा हुनुपर्ने पनि उनले बताए । युक्रेनले ब्ल्याक र अजोभ सीमा व्यापारिक जहाज र नागरिक बन्दरगाह पूर्वाधारमा भएका आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ ।

उनले खाद्य सुरक्षालाई युद्धमा हतियारको रूपमा प्रयोग नगर्न पनि जोड दिए । भारत, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सलगायत ब्रिक्स आर्थिक समूहका सदस्यको रूपमा रुससँग व्यापारिक सम्बन्ध भएकाहरु बैठकमा सहभागी भएपनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न सहमत भएनन् ।

जुन १५ र १६ मा सञ्चालित शान्ति शिखर सम्मेलनमा रूसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिन ९२ देश र सङ्गठनका प्रतिनिधि भेला भएका थिए भने रूसलाई निमन्त्रणा गरिएको थिएन । चीन शिखर सम्मेलनबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077