Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको पहिलो दिन १७ अंकले घट्यो नेप्से , ५ अर्ब ४७ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा कायम भएको हो ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो।

मनकामना स्मार्ट वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढ्दा शिव श्री हाइड्रोपावरको ८.१७,कुथेली बुखारी स्माल हाइड्रोको ७.३५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको सेयर ६.७१ प्रतिशतले बढ्यो।

कारोबारमा आएका ६४ स्टकको मूल्य बढ्दा १७७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो। आज होटल्स एण्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सीईडीबी हाइड्रोपावर, समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077