Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राष्ट्रपति पौडेल बर्लिनमा, सोमबार औपचारिक भेटवार्ता

    राष्ट्रपति पौडेल बर्लिनमा, सोमबार औपचारिक भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 450
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् ।

    उनी आफ्ना समकक्षी डा. फर्‍याङ–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् ।



    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले स्वागत गरेका थिए ।



    बर्लिनस्थित नेपालको राजदूतावासका अनुसार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ता हुने कार्यक्रम छ ।

    राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार