Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

    राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 774
    SHARES

    जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।

    सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका हुन् । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराएका थिए ।



    साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ । समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।



    राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीवार मूख्य वक्ताका रूपमा सम्बोधन गगरेका थिए ।

    उनी मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार