Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका सांसद देवकोटालाई माओवादीले कारबाही गरेको हो।

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन् ।

प्रदेशसभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077