Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जिल्ला न्यायाधीशका लागि ४३ जनाको कोटा, पास भए आठजना मात्रै !

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोगले ०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा २०३ जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जनामात्र लिखित परीक्षामा उत्तीर्ण भएका हुन् ।

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चारजना भए । आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण भएका छन् ।

न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ ।

आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077