Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माछा मार्ने क्रममा त्रिशूलीमा बेपत्ता भएका बन्धुको जीवितै उद्धार

चितवन । चितवनको इच्छाकामना गाउँ भएर बग्ने त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको खडक गाउँपालिका घर भएर कुरिनटारस्थित बियर फ्याक्ट्रीमा कार्यरत ५६ वर्षीय बन्धु चौधरीको सशस्त्रले जीवितै उद्धार गरेको हो ।

चौधरी माछा मार्ने क्रममा बिहीवार दिउँसो त्रिशुलीमा बेपत्ता भएका थिए । लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको टोली परिचालन भएको थियो ।

चौधरीलाई साँझ बिहीवार सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थाबाट जीवितै उद्दार गरी कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याइएको जानकारी सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077