Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • स्नातक तह ४ वर्षे बनाइँदा विद्यार्थीलाई बोझ भयो, ३ वर्षे बनाउनुपर्छ : पूर्व शिक्षामन्त्री श्रेष्ठ

    स्नातक तह ४ वर्षे बनाइँदा विद्यार्थीलाई बोझ भयो, ३ वर्षे बनाउनुपर्छ : पूर्व शिक्षामन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 855
    SHARES

    स्याङ्जा । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले शिक्षा नीति संशोधन गरेर स्नातक तहलाई ३ वर्षे बनाउनुपर्ने बताएका छन् ।

    स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले चार वर्षे स्नातक तह पाठ्यक्रमका कारण विद्यार्थी विदेश पलायन मध्ये एउटा कारण भएको बताए ।



    शिक्षा, मानविकी तथा सामाजिक विज्ञान विषयमा स्नातक तह ४ वर्षे बनाइँदा विद्यार्थीले लामो समयको बोझ ठान्दै अध्ययनका बहानामा विदेश पलायनको बाटो रोजेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार