Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गरिबी निवारण मन्त्रालयसँग गरिबकै लागि योजना छैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना नदेखिएको बताएका छन् ।

प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।

सांसद साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको टिप्पणी गरे ।

सांसद साहले भने,‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ? सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

यस्तै अवस्था स्वास्थ्य मन्त्रालयको पनि बजेट रहेको सांसद साहको भनाइ छ ।

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077