Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दैछन् ।

स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनअन्तर्गत हुने विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई पौडेलले सम्बोधन गर्न लागेका हुन् ।

पौडेलसँग आज अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077