Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए ।

स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरू सहयोग गर्न तयार रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077