Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतको एक भवनमा आगलागी हुँदा ४१ जनाको मृत्यु

एजेन्सी । कुवेतको एक भवनमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ।

मन्गाफ जिल्लाको एक भवनमा आगलागी भएको हो । ठूलो संख्यामा विदेशी कामदारहरू रहेको उक्‍त भवनमा आगलागी हुँदा दर्जनौं मानिसहरू घाइते भएका छन्।

घाइतेलाई विभिन्न अस्पतालमा लगिएको छ। कुनकुन देशका मानिसहरूको ज्यान गएको छ भन्ने यकिन भइसकेको छैन।

उपप्रधानमन्त्री शेख फहाल अल-युसुफ अल-सबाहले उक्त भवनका मालिकलाई पक्राउ गर्न आदेश दिइसकेका छन्।

उनले आन्तरिक तथा रक्षा मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका छन्।  अधिकारीहरूले आगलागीलाई नियन्त्रणमा लिइसकेका छन्।

तर के कारणले आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन। उक्त भवनमा धेरैजसो भारतीय कामदार बस्ने गरेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077