Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने रेशम चौधरीको चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताएका हुन् ।

संरक्षक चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताए।

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको भन्दै संरक्षक चौधरीले गिरिशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको बताए ।

संरक्षक चौधरीले भने,‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं। टीकापुरको अब नाम भन्ने बेला आएको छ।’

साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको संरक्षक चौधरीको भनाई छ ।

उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको भन्दै चौधरीले अब नयाँ शासन पद्धति ल्याउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077