Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • महोत्तरीमा लुटेरा समूहले गोली चलायो, युवक गम्भीर घाइते

    महोत्तरीमा लुटेरा समूहले गोली चलायो, युवक गम्भीर घाइते

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    महोत्तरी । महोत्तरीमा अज्ञात लुटेराहरुको एक समुहले गोली प्रहार गरेको छ ।

    सोमबार महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७,८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो ।



    गोली प्रहाबरबाट गौशाला नगरपालिका ११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) घाइते भएका छन् ।



    गौशालाबजारबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएको समूहले लुटपाटको प्रयास गरेको थियो ।

    सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको बताइएको छ ।

    महोत्तरी प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार